Radio Bihani 97.6 MHz रेडियो विहानी धादिङबाट ९७.६ MHz मा २०६६ मंसिरबाट प्रसारण आरम्भ रेडियो ४० भन्दा बढि जिल्लमा पहुचरेडियो बिहानी ९७.६ मेगाहर्ज धादिङबाट प्रशारित रेडियो हो । रेडियोले २०६६ साल मङ्सिर १२ गतेबाट आफ्नो प्रशारण प्रारम्भ गरेको हो । “जनतालाई सचेत अनि शासकलाई जन-उत्तरदायी बनाउने” उदेश्यका साथ प्रशारणमा आएको रेडियो, शहिद स्मृति संचार सहकारी संस्था लिमिटेड धादिङले सञ्चालन गरेको हो । रेडियोको प्रशारण क्षमता ५०० वाट रहेको छ । रेडियो निलकण्ठ गाँउ विकास समिती वडा नं. ५ धादिङबेशीमा अबस्थित छ । रेडियोले सुनौलाबजार गाँउ विकास समिति स्थित भैरबी डाँडामा आफ्नो सव-स्टेसन राखेर नियमित प्रशारण गर्दै आएको छ । यस रेडियोले धादिङका अलावा गोरखा, नुवाकोट, रसुवा, मकवानपुर, चितवन, नवलपरासी, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पाल्पा, बाग्लुङ अर्घाखाँची , पर्बत, कपिलबस्तु, दाङ, प्युठान, रोल्पा, रुकुम, मनाङ, मुस्ताङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप लगगायत अन्यकेहि जिल्लाहरुमा पनि आफ्नो प्रशारण पहुँच पुर्याउन सफल भएको छ । रेडियोले सुचना, संगित र मनोरञ्जनका साथ-साथै बिबिध जन-पक्षिय कार्यक्रमहरु पनि प्रशारण गर्दै आएको छ । Production and broadcast program, news and information base on Information, Entertainment, Infotainment etc. http://www.radiobihani.org